फेरि वामपन्थी एकता गर्छौंः प्रम दाहाल, जनयुद्धपछि धेरै कुरा भएको दावी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । 

नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर आशा र भरोसा जगाउनेतिर केन्द्रीत हुनुपर्ने बेला भएको बताउँदै दाहालले क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गरे । 

Advertisement

उनले सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी एवं प्रगतिशील शक्तिको साथ र सहयोग आवश्यक रहेको बताए । प्रम दाहालले अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने बताए । जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरुको पनि र जनतालाई निराश हुन नदिने गरिकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्ने उनको तर्क छ । 

दाहालले, ‘अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्यबारे, जनतामा देखापरेको मनोविज्ञानबारे हामी सबैले नै जिम्मेवारी महशुस गर्नुपर्ने हुन्छ । चाहे त्यो २०४६ सालको जनआन्दोलनको कुरा गरौँ, वा जनयुद्ध र जनआन्दोलनको संयोजनपछि हामी संघीय गणतन्त्र स्थापना पछिको कुरा गरौँ । देशमा केही पनि भएको छैन, भन्ने भाषा गलत हो । धेरै भएको छ । तर जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैन, त्यो पनि सत्य हो । तर यहाँ एउटा प्रवृत्ति अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ ।’ 

Advertisement

Advertisement