नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा गोल्छा चयन

Advertisement

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च काठमाडौंको छैठौं वार्षिक साधारण सभाबाट अभिमन्यु गोल्छाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भइको छ ।  

याक एन्ड यति होटल काठमाडौंमा आयोजित साधारण सभा प्रार्थना साखःको अध्यक्षता सम्पन्न भएको हो । 

Advertisement

साधारण सभाले अध्यक्षमा गोल्छासहित निर्वतमान अध्यक्षमा प्रार्थना साखः, प्रथम उपाध्यक्षमा आप्पा शेर्पा र द्वितीय उपाध्यक्षमा अनुभाव श्रेष्ठ चयन भएका छन् ।  त्यस्तै कार्यसमिति सदस्यहरुमा क्षितिज तामाङ, इच्छा मल्ल,  निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल चयन भएका छन् । 

अध्यक्ष प्रार्थना साखःको नेतृत्वमा युवा उद्यमी मञ्च काठमाडौं   महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गर्यो । मुख्य रुपमा स्टार्टअप अवार्ड, महिला उद्यमीहरूको सम्मान कार्यक्रम, जुनियर उद्यमशीलता कार्यक्रम,र विभिन्न नेटवर्किङ कार्यक्रमहरू गरिएको थियो ।  

Advertisement

Advertisement