शल्यक्रिया गर्दा स्वास्थ्य बीमाले बेहोर्नेछ ७० हजार

Advertisement

काठमाडौं । अब शल्यक्रिया गर्दा सरकारी कार्यक्रम स्वास्थ्य बीमाले ७० हजार रुपियाँ सम्म बेहोर्ने भएको छ । 

स्वास्थ्य बीमा बोर्डले बिहीबार नयाँ शुल्क निर्धारण गर्दै यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था नयाँ आर्थिक बर्ष अर्थात् साउन १ गतेदेखि लागू हुनेछ । 

Advertisement

बोर्डले आज एक हजार २९० वटा औषधीको शुल्क पनि तोकेको छ । यसैगरि ओपिडी टिकटमा ५० रुपियाँ र जनलर बेडमा २५० रुपियाँ दर तोकिएको छ । 

यस्तै कतिपय सेवामा क्यापीङ नम्बर पनि तोकिएको छ । अब बीमितले औषधि उपचार गर्दा सोहीअनुसार सेवा पाउने छन् । अस्पतालहरुले नयाँ शूल्कअनुसार बीमितहरुलाई सुविधा दिनुपर्नेछ । 

Advertisement