काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी (सीटीईभीटी) रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।
सीटीईभीटीले परिषद्ले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणाीका पदमा खुला, समावेशी र आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी एक सय २६ जनाबाट दरखास्त माग गरेको हो ।
परिषद्ले मुख्य, वरिष्ठ र सहायक प्रशिक्षक, वरिष्ठ रेस्टुरेन्ट एन्ड लड प्रशिक्षक; विद्युत्, इलेक्ट्रोनिक्स, सेक्रेटरियल, निर्माण, मेकानिकल, अटोमोबाइल प्रशिक्षक, शाखा, लेखा र प्राविधिक अधिकृत, ट्रेनर, प्रशासकीय सहायक, लेखापाल, कार्यालय सहायक, सहलेखापाललगायतका पदमा आवेदन खुलाएको छ ।
तोकिएको योग्यता पुगेका उम्मेदवारले साउन १७ गते र दोब्बर दस्तुर तिरी साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन परिषद्को अनलाइन https://www.ctevt.org.np बाट दिनुपर्नेछ