काठमाडौं । द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको ९१ बर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको हो ।
निमोनिया भएपछि दुई महिनादेखि उपचार गर्दै आएकी श्रेष्ठ विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय थिइन् । उनको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । श्रेष्ठका दुई छोरी छन् ।