माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो नेपाली रुपियाँ र अमेरिकन डलरमा नियोन क्रेडिट कार्ड

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले हाल नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यकासाथ नेपाली रुपियाँ र अमेरिकन डलरमा नियोन क्रेडिट कार्डको सुविधा संचालनमा ल्याएको छ । 

आधुनिक जीवनशैलीमा ब्यस्त रहने ग्राहक तथा देशविदेश यात्रा गर्नेहरुलाई लक्षित गरी संचालनमा ल्याईएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक छ, जुन बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरुभन्दा बिल्कुलै भिन्न देखिन्छ ।

Advertisement

पीओएस मर्चेन्ट संजाल विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई पे्ररित गरी पुर्याएको उल्लेख्य योगदानको कदर स्वरुप भिसाद्वारा विशिष्ट अवार्डले सम्मानित भई नेपालको एक अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित माछापुच्छ्रे बैंकले ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाईन सहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा संचालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम हो ।

नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरुमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासव्याक अफरहरु प्राप्त गर्न सक्नेछन्, साथै रु. ५ हजार वा सो बराबरको ट्याप एण्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन्, जसले गर्दा ग्राहकहरुमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभुति जाग्रित हुने विश्वास बैंकले लिएको छ । 

नियोन क्रेडिट कार्ड प्रयोग मार्फत विशेष छुट तथा क्यासव्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरु तथा छुट सम्बन्धि विवरणको बारेमा बैंकको वेभसाईट, सामाजिक सञ्जाल मार्फत ग्राहकलाई निरन्तर जानकारी गराईने छ । नियोन क्रेडिट कार्ड को पहिलो संस्करण सीमित अवधिको लागि ल्याईएको माछापुच्छ«े बैंकको नविनतम योजना हो, जस अन्तर्गत सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरु उपलब्ध गराउने बैंकको योजना रहेको छ ।

डिजिटल बैंकिङ्गको दुनियाँमा माछापुच्छ«ेले बैंकको नियोन क्रेडिट कार्डमार्फत ग्राहकलाई नौलोको अनुभुती दिलाउनेछ–बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले खुसी व्यक्त गर्दै भने, ‘हामी नियोन क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौं, जसले हाम्रा ग्राहकहरुको नवीनतम आकांक्षाहरु सम्बोधन हुने र सुरक्षित एवम् आधुनिक प्रविधीमैत्री भुक्तानीका माध्यमबाट सदैव ग्राहकबर्गको आकांक्षाको सम्बोधन गरिने हाम्रो प्रयासलाई झल्काउँछ ।’ 
 

Advertisement