नेप्सेमा सुचीकृत नभएका कम्पनीको पाँच अर्ब बराबरको शेयर कारोबार ! (सूचीसहित)

Advertisement

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचीकृत नभएका कम्पनीहरुको पाँच अर्ब चार करोड चार लाख  ७३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

कूल ६३ वटा कम्पनीको सो बराबरको सेयर कारोबार भएको हो । नेप्सेबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । गत आवमा ६३ कम्पनकिो तीन कोड ६५ लाख ६५ हजार २३५ कित्ता शेयर किनबेच भएको छ । 

Advertisement

नेप्सेले सूचीकरण खारेज भएका, हुन नसकेका र प्रक्रियामै नआएका कम्पनीहरूको सेयर खरिद बिक्री गर्न सेयर बाह्य बजार (ओटिसी मार्केट) को व्यवस्था गरेको छ । त्यसमा आवद्ध कम्पनीहरुको सो बराबरको शेयर कारोबार भएको हो । हालसम्म त्यसमा २४४ वटा कम्पनी सुचीकृत भएका छन् । २०६४ देखि नेप्सेले ओटीसी मार्केट सञ्चालन गर्दै आएको छ ।

गत आवमा भएको यस्तो कारोबार पछिल्लो सात बर्ष यताकै उच्च हो । आव २०७३–७४ मा २४ करोड रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस बेला २५ कम्पनीको २१ लाख कित्ता सेयर किनबेच भएको थियो । 

आव २०७४–७५ मा एक अर्ब ३० करोड रुपियाँ बराबरको यस्तो कारोबार भएको थियो । त्यो आवमा ५४ कम्पनीको एक करोड ३० लाख कित्ता सेयर किनबेच भएको थियो । आव २०७५–७६ मा दुई अर्ब एक करोड रुपियाँ बराबरको यस्तो कारोबार भएको थियो । त्यस बेला ६१ कम्पनीको एक करोड ५२ लाख कित्ता शेयर किनबेच भएको नेप्सेको तथ्यांकम उल्लेख छ । 

यसैगरि आव २०७६–७७ मा एक अर्ब ८९ करोड रुपियाँको कारोबार भएको थियो । त्यसबेला २४ कम्पनीको ७२ लाख कित्ता शेयर किनबेच भएको नेप्सेको भनाइ छ ।

यस्तै, आव २०७७–७८ मा ४६ कम्पनीको एक करोड १२ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको थियो । रकमका आधारमा उक्त आवमा दुई अर्ब ९३ करोड रुपियाँको कारोबार भएको थियो । 

यस्तै, आव २०७८–७९ मा दुई अर्ब १९ करोड रुपियाँ बराबरमा एक करोड ७९ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको थियो । त्यसबेला ४३ वटा कम्पनीको शेयर खरिद बिक्री भएको देखिन्छ । 

यस्तै, गत आवमा ४३ कम्पनीको दुई करोड १२ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ, त्यसमा दुई अर्ब ८६ करोड रुपियाँ बराबरको शेयर कारोबार भएको थियो । 

यी हुन् गत आवमा ओटिसी मार्केटमा सेयर खरिद बिक्री भएका कम्पनी 
 
undefinedundefinedundefined

Advertisement