पाँच वटा नयाँ मोडलका गाडी सार्वजनिक गर्दै एमजी मोटर इन्डिया

Advertisement

काठमाडौं । एमजी मोटर इण्डियाले नयाँ मोडलका गाडीहरु बजारमा ल्याउने तयारी गरेको छ। जेएसडब्लु ग्रुपसगँको सहकार्यमा कम्पनीले ५ वटा  नयाँ मोडलहरु ल्याउन लागेको हो । 

कम्पनीले मास मार्केट र प्रिमियम दुबै सेग्मेन्टका लागि हुने विभिन्न मोडल सार्वजनिक गर्न लागेको बताइएको छ । २०२५ को अन्तिमसम्म ५ वटै नयाँ गाडी सार्वजनिक गर्ने तयारी रहेको एमजी इण्डियाका प्रवन्ध निर्देशक राजिव चावाले बताए ।

Advertisement

यी मोडल ग्राहकको चहाना अनुसार हाईब्रिड र इभी हुनेछ। यो लाईनअपमा एमजी क्लाउड इभी मूख्य आकर्षण हुनेछ। यो एमपिभी (मल्टी प्रपोज भेइकल) हो । यो दिपावलीको समयमा सार्वजनिक हुने आँकलन गरिएको छ । 

प्योर इभी प्ल्याटफर्ममा निर्मित क्लाउड इभीको उत्कृष्ट इन्टेरियर र एड्भान्स फिचर हुनेछ । यो गाडीमा प्रयोग गरिएको ब्याट्रीले ३ सय ३३ किलोमिटरको रेन्ज दिने बताइएको छ । 

त्यस्तै, नेपालमा पनि एमजीको साइब्रस्टर सार्वजनिक गर्ने तयारी भइरहेको छ । एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यही वर्ष साइब्रस्टर सार्वजनिक गर्ने तयारी गरेको हो । 

 

Advertisement