अब चेक बाउन्सकै आधारमा कसैलाई कालोसूचीमा राख्न नपाइने !

Advertisement

काठमाडौं । अब चेक बाउन्सकै आधारमा कुनै पनि व्यक्तिलाई कालोसूचीमा नराखिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक बर्ष २०८१–८२ को मौद्रिक नीति ल्याउँदै यस्तो संकेत गरेको हो । 

काटीएको चेकमा उल्लेख रकम नभएमा चेक बाउन्स गर्न सकिन्छ । हाल चेक बाउन्स भएको अवस्थामा सम्बन्धीत व्यक्ति (खातावाला) लाई कर्जा सुचना केन्द्रको कालो सुचीमा राख्ने व्यवस्था छ । साथै, बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्नेसम्मको व्यवस्था छ । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले कालोसूचीमा पर्ने व्यक्तिको संख्या बढ्दो छ । 

Advertisement

गत आर्थिक बर्ष २०८०–८१ मा मात्रै ५२ हजार ३२० जना कालोसुचीमा परेका छन् । हाल कर्जा सुचना केन्द्रको कालोसुचीमा एक लाख २८ हजार भन्दा बढी व्यक्ति छन् । उनीहरु बैंकिङ सेवाबाट पनि बञ्चित छन् । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलता कारण अधिकांश व्यक्तिहरु बिना गल्ती कालोसूचीमा परेका हुन् । कालोसुचीमा पर्नेमा ७० प्रतिशत भन्दा बढी चेक बाउन्सकै व्यक्तिहरु छन् । त्यो अवस्थामा राष्ट्र बैंकले चेक बाउन्स (अनादर) कै आधारमा कालोसुचीमा राख्ने व्यवस्था पुनरावलोकन गर्न लागेको हो । 

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति मार्फत यस्तो व्यवस्था घोषणा गरिएको हो । ‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ । 

Advertisement