यौन शोषणको आरोप खेप्दै आएका प्रस्तावित निर्वाचन आयुक्त आफै पछि हटे

Advertisement

काठमाडौं । यौन शोषणको आरोप खेप्दै आएका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधान आफै प्रक्रियाबाट बाहिरिएका छन् । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि उनले आफै नाम फिर्ता लिन निवेदन दिएका हुन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले नै नाम अनुमोदन नगर्ने बताएपछि प्रधान थप नैतिक संकटमा परेका थिए । उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा निवेदन दिँदै आफ्नो बारेमा बाहिर दुष्प्रचार भएकाले काम गर्ने हौसला र इच्छा नभएको निवेदनमा उल्लेख गरेका छन् । 

Advertisement

संसदीय समितिबाट नाम अनुमोदन गर्न दुईतिहाई बहुमत चाहिनेमा प्रधानको नाम अल्पमतमा पर्ने निश्चित भएपछि नाफा फिर्ताका लागि निवेदन दिएका हुन् । आफ्नै पूर्वकर्मचारीले यौन शोषणको आरोप लगाएर उनीविरुद्ध समितिमा उजुरी दिएकी थिइन् ।  

यद्यपि प्रधानले उजुरीकर्ताले आफूविरुद्ध दुर्व्यवहार नभएको भनी स्वीकार गर्दै मिलापत्र गरेको तर 
मिलापत्र भइसकेको विषयलाई अतिरञ्जित गरी चालिसौं वर्ष आफूले गैरसरकारी क्षेत्रमा गरेको योगदानको अवमूल्यन गरेको गुनासो गरेका छन् । 

Advertisement

Advertisement