विवादका बीच रथी सिग्देललाई प्रधानसेनापति बनाउने सरकारको तयारी, का.मु. दिइयो

Advertisement

काठमाडौं । सरकारले नेपाली सेनाको कायममुकायम (का.मु.) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । नेपाली सेनामा हाल ज्येष्ठता क्रममा रहेका बलाधिकृत रथि सिग्देललाई विवादका बीच जिम्मेवारी दिइएको हो । 

Advertisement

सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ बमोजिम मिति २०८१ साउन २५ गतेदेखि लागू हुनेगरी कायममुकायम भइ प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । 

नागरिकता तथा शैक्षिक प्रमाणपत्र कीर्ते गरेको गम्भीर आरोप खेप्दै आएका उनलाई अवकाशप्राप्त प्रधानसेनापति प्रभुराम शर्माले नै संरक्षण गर्दै आएका थिए । यसअसि यस्तै विवादमा पर्दै आएका उच्च सैनिक अधिकृतहरुले राजीनामा दिने र कारवाहीमा पर्दै आए पनि सिग्दलले भने उन्मुक्ति पाउने संभावना बढेको छ । 

कामको जिम्मेवारीसँगै सिग्देललाई सरकारले भावी प्रधानसेनापतिको रुपमा अघि सारेको छ । प्रधानसेनापतिको रोल क्रममा रहेका सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । 

Advertisement

Advertisement