रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

Advertisement

ललितपुर । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन जावलाखेलमा भोटो देखाइएको छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौंथो दिन आइतबार भोटो देखाइएको हो । भोटो अवलोकन गर्न उच्च पदस्थहरु जावलाखेल पुगेका थिए । लिच्छविकालदेखि मनाइँदै आएको यो जात्रा आजैबाट समापन भएको छ । 

Advertisement

कपडाको थैलीमा शीलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न सर्वसाधारणको भीड लागेको थियो । गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

यसै जात्राको अवसरमा आइतबार सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।

Advertisement

Advertisement