सीएनआईका अध्यक्ष राजेश अग्रवाललाई पितृशोक

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाललाई पितृशोक परेको छ । उनका पिता श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

संविधानसभाको सभासद समेत रहेका अग्रवालको सानेपास्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । व्यवसायिक घराना आरएमसी समूहका संस्थापक श्रवणकुमार अग्रवालले सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग सञ्चालनमा ल्याएका थिए । 

Advertisement

उक्त समूहको आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्सलगायतका उद्योग सञ्चालनमा छन् । मारवाडी सेवा समितिको अध्यक्षसमेत भएका स्वर्गीय अग्रवाल श्रीमती, एक छोरी, दुई छोरा छन् । दुवै छोरा राजेश र विष्णु सक्रिय व्यवसायमा छन् । 

सामाजिक सेवा तथा धार्मिक कार्यहरुमा समेत सक्रिय श्रवण अग्रवालको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जनाइएको छ । 

Advertisement

Advertisement