सरकारले सिंहदरबारको ठूलो ढल अनामनगरको सानो ढलमा जोडिदिँदा घरहरु जलमग्न

Advertisement

काठमाडौं । सरकारले नयाँ संसद बन्दै गरेको खण्डको ढलको निकास पनि अनामनगरतर्फको पूरानो र सानो ढकालमा जोडिदिँदा अनामनगरका धेरै घरमा ढल पसेको छ । 

स्थानीयको विरोधलाई उपेक्षा गर्दै संसद भवन बनाइरहेको ठेकेदारले ढल अनामनगरको सानो ढलमा जोडिदिएका हुन् । यस विषयमा ठेकेदारदेखि स्थानीय जनप्रतिनिधि र अरु सरोकारवाला सरकारी निकायलाई भन्दा पनि सुनुवाई नभएको भन्दै स्थानीय महेन्द्र कर्माचार्यले शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई पनि आफूहरुले भेटेर समस्या समाधानको आग्रह गर्न लागेको बताए । 

Advertisement

उनका अनुसार विशेषगरी बर्खाको समयमा ठूलो पानी पर्दा संसदको ढललाई अनामनगरको ढलले थेग्न सक्दैन् । मंगलबार बिहान परेको भारी बर्षाले गर्दा अनामनगरका सडक जलमग्न हुनुका साथै धेरै घर तथा कार्यालयमा पानी पसेको, ढलबाट मुल पटेझैं पानी बाहिर आएको, त्यसले गर्दा कार्यालय सञ्चालनदेखि घरमा डेरा लिई बस्ने मानिसहरुलाई सास्ती भएको थियो । 

Advertisement

Advertisement