सुनको मूल्य प्रतितोला १४ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बढेर तोलाकै १ लाख ५० हजार पुगेको सुनको मूल्य घट्न थालेको छ । हिजो तालामै २३ सय घटेको सुनको मूल्य आज थप १४ सय घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा कारोबार भइरहेको छ ।   

Advertisement

त्यस्तै चाँदी प्रतितोला १५ रुपियाँ घटेर आज १ हजार ७ सय १० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement