सगरमाथा लुम्बिनी इन्स्योरेन्स र पर्यटन यातायात व्यवसायी संघबीच बीमा सेवा सम्झौता

Advertisement

काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)  बीच सवारी साधनको बीमा गर्ने गराउने र बीमा दावी प्रक्रियालाई सरल तथा सहज बनाउने सम्झौता भएको छ । 

मंगलबार दुवै संस्थाले एक समारोहकाबीच सम्झौता पत्रमा हस्ताक्षर पनि गरेका छन् । 

Advertisement

सम्झौताअनुसार नेपाल पर्यटक यातायात व्यवसायी संघसँग आवद्ध सवारीधनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्समा सवारी साधनको बीमा गराउन सक्नेछन् । साथै, कम्पनीले पनि दुर्घटनामा परि क्षति भएमा सवारी साधान मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपुर्ति रकम सहज रुपमा प्राप्त गर्न सक्ने छन् ।

सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघ अध्यक्ष बेदराज बास्तोला र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement