प्रभु बैंकको नयाँ शाखा प्युठानको बिजुवारमा

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि प्युठान नगरपालिका,वडा नं.४ प्युठान स्थित बिजुवारमा ३१५औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । 

जिल्ला समन्वय समिति प्रमुुख धरमबहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । 

Advertisement

बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ । 

Advertisement

Advertisement