सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन पूतितोला १ लाख ४८ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजारमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement