हिंसा र भ्रष्टाचारलाई ढिलो चाँडो दण्डित गर्नैपर्छ

राजा ज्ञानेन्द्रलाई नोवेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न लिङदेनद्धारा ठूला दललाई सुझाव

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजा ज्ञानेन्द्रलाई नोवेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न ठूला दलहरुलाई सुझाव दिएका छन् । 

उनले बुधबार संसदमा बोल्दै शान्ति प्रक्रियाको कुरा गर्दा यसको तेस्रो पक्ष राजालाई ठूला दलहरुले बिर्सिएको भन्दै दल र नेताहरु राजाप्रति अनुदार बनेको बताए । 

Advertisement

लिङदेनले भने, ‘शान्ति प्रक्रियामा एकले अर्कोलाई जस दिने कुरा गर्दा दलहरुलाई बिनम्रतापूर्वक आग्रह गर्न चाहान्छु, जनयुद्ध भन्नुस, विद्रोह भन्नुस, यसको नेतृत्व गर्ने नेता स्वयमले भन्नुभयो ‘वास्तवमा यो हातजीतमा टुंगिएको विद्रोह होइन् । लगाइँ होइन । यो सम्झौताबाट टुंगिएको हो’ यो सम्झौताको एउटा पक्ष राजालाई तपाइँहरुले सम्झिनुपर्थ्यो । दलहरुले सम्झिनुपर्थ्यो । आज जसले राजगद्दी छोड्न तयार भयो र शान्ति प्रक्रियालाई साथ दियो, आज सम्झनुपर्छ । त्यति पूर्वाग्रही बन्न हुँदैन् । आ–आफ्ना राजनीतिक दर्शनहरु छन् । आ–आफ्ना मान्यताहरु छन् । यो शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राजाको योगदान छैन् ? राजालाई सम्झिनुपर्ने होइन् । दलहरुले त राजालाई यो शान्ति प्रक्रियामा योगदान पुर्याएवापत नोवेल शान्ति पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो ।

आफू पनि माओवादीको हिंसात्मक द्धन्द्धको शिकार भएको स्मरण गर्दै आफू राजनीतिमा भए पनि आफ्नो नाबालक छोराछोरी र श्रीमतीको के दोष थियो र थाकथालेबाट विस्थापित हुनुपर्यो ? भनेर प्रश्न गरे । 

उनले हिंसा र भ्रष्टाचारलाई ढिलो चाँडो दण्डित गर्नैपर्ने बताए । यो कुरा आफूले पटक पटक उठाउँदै आएको बताए । सन्य निरुपणसम्वन्धी आयोग कसरी बन्छ ? कस्तो व्यक्तिले नेतृत्व गर्छ । 

Advertisement

Advertisement