मनास्लु हिमाल आरोहणलाई सुरक्षित बनाउन पर्यटन विभाग र सरोकारवालाबीच छलफल
फाइल तस्बिर

Advertisement

काठमाडौं । मनास्लु हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउनबारे पर्यटन विभाग र सरोकारवालाहरुबीच छलफल भएको छ । 

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले यस विषयमा अहिले अनौपचारिक छलफल चलिरहेको र छिट्टै औपचारिक बैठक बस्ने बताए ।

Advertisement

गत वर्षको सिजनमा मनास्लु हिमाल आरोहणका लागि ३०१ जनाले आरोहण अनुमति लिएका थिए ।अब आउने शरद ऋतुमा तीन सय जनाले आरोहण अनुमति लिने अनुमान गरिएको छ । 

Advertisement