नेपाल टेलिकमको नाफा ६ अर्ब ६१ करोड, प्रतिशेयर आम्दानी कति ?

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् असार मसान्तसम्म ६ अर्ब ६१ करोड ७७ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कम हो । टेलिकमले अघिल्लो आवमा ७ अर्ब ९२ करोड रुपियाँ नाफा कमाएको थियो । 

Advertisement

समीक्षा अवधिमा टेलिकमको सञ्चालन आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ३६ अर्ब २७ करोड रुपियाँ सञ्चालन आम्दानी गरेको कम्पनीले यस अवधिमा ३४ अर्ब ४६ करोड रुपियाँ मात्रै आम्दानी गरेको छ । 

त्यस्तै, यस अवधिमा टेलिकमको वित्तीय आम्दानी १६.६८ प्रतिशतले  घटेर ६ अर्ब ४८ करोड रुपियाँ मा झरेको छ । 

असार मसान्तसम्म टेलिकमको अन्य आम्दानी भने ३७ करोड २९ लाखबाट बढेर ६७ करोड ४० लाख रुपियाँ पुगेको छ । 

१८ अर्ब रुपियाँ चुक्ता पुँजी रहेको टेलिकमको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपियाँ छ । 

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ४४ रुपियाँ रहेको प्रतिशेयर आम्दानी घटेर ३६.७७ रुपियाँ कायम भएको छ । प्रतिशेयर नेटवर्थ भने ५५२.४३ रुपियाँ छ ।


 

Advertisement