राष्ट्र बैंकले रद्द गर्यो दुई मनिचेञ्जरको लाइसेन्स
फाइल तस्बिर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जरको लाइसेन्स रद्द गरेको छ । 

राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै काठमाडौंको ठमेल स्थित रेन्बो मनि एक्सचेन्ज प्रालि र ललितपुरको पुच्चोकस्थित कसा मनि एक्सचेन्ज प्रालिको लाइसेन्स रद्द गरेको जानकारी दिएको हो । 

Advertisement

तोकिएको समयमा लाइसेन्स नविकरण नभएपछि रद्द गरिएको राष्ट्र बैंकको भनाइ छ ।

 ‘राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका देहायबमोजिमका मनिचेञ्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम ९३० मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ । 
 

Advertisement