दश बुँदे शर्त राख्दै आएको जजिरा एयर नोभेम्बरदेखि गौतमबुद्ध विमानस्थलबाट पुनः उडानको तयारीमा

Advertisement

काठमाडौं । जजिरा एयरले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अगामी नोभेम्बर महिनादेखि भैरहवा–कुवेत उडान गर्ने तयारी गरेको छ । तर उक्त विमानस्थलबाट उडान सुचारु गर्न जजिरा एयरले नेपाल नागरिक उड्डयन प्राधिकारण (क्यान) सगँ १० बुँदे माग राखेको छ । 

माग पूरा भए अगामी नोभेम्बरदेखि पुन उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकारणका प्रवक्ता हंशराज पाण्डेले जानकारी दिए । ​प्रवक्ता पाण्डेका अनुसार जजिरा एयरले १० बुँदे मागसहित क्यानलाई पत्र पठाएको थियो । उक्त मागहरु पूरा भए विन्टर स्केजुलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको हो ।  

Advertisement

ती १० बुँदे माग मध्ये प्राधिकरणले छुट दिन सक्ने कुराहरुमा दिइसकेको बताउँर्द उनले भने, ‘प्राधिकरणले दिन सक्ने छुटहरु जस्तै ल्याण्डिङ, पार्किङ र नेभिगेसन लगायतका दिइन सक्ने छुटहरु दिएका छौं । एयरको मुख्य तीन मागहरु छ, हवाई टिकटमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, इन्धन, पर्यटन कर जुन चाहिँ क्यानको दायराभन्दा बाहिरको विषय छ । त्यसको लागि हामीले मन्त्रालयमा सिफारिस गरेर पठाइसकेका छौं । 
हालै कार्यदलले एउटा सुझाव मन्त्री परिषदबाट पास गराएको छ भने कुरा आएको छ, तर त्यसको पुर्ण विवरण हामीसगँ आइपुगेको छैन् । त्यसकारण के निर्णय भयो यसै भन्न सक्दैनौं ।’

वीज एयरले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नेबारे हालसम्म निश्चित नरहेको उनले जानकारी खिए । 
 

Advertisement