शेयर बजारमा उच्च अंकको करेक्शनः कारोबार रकम भने उत्साहजनक

Advertisement

काठमाडौं । निरन्तर बढिरहेको शेयर बजारमा आज भने करेक्शन आएको छ । बजार ओरालो झरेसँगै नेप्स ३ हजार अंकबाट तल झरेको छ, कारोबार रकम भने उत्साहजनक रह्यो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३४.४७ अंकले घटेको छ । १.१४ अंकले बजार घट्दा नेप्से परिसूचक २९६६.३३ अंकमा झरेको छ । 

Advertisement

समग्रमा बजार घटे पनि बैंकिङ, जीवन बीमा, म्युचुअल फण्ड ०.३८ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । होटल समूह सबैभन्दा बढी ४.४९ प्रतिशतले घटेको छ । 

undefined

आज ३३० कम्पनीका ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६.१२ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज विभिन्न ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए । राष्ट्रिय बीमा कम्पनी, एलआईसी नेपाल, मल्टिपर्पोस फाइनान्स र सम्पदा लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १० प्रतिशतले नाफा कमाउँदा लिबर्टी इनर्जीका लगानीकर्ताले ९.९३ प्रतिशतले नाफा कमाए । 

त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताकर्ताले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाए । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको ८२ करोड १४ लाख ८१ ह्जार १ सय ३५.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।    
 

Advertisement