राशिफलः आज (भदौ ७) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल भदौ महिनाको ७ गते शुक्रबार, भाद्र कृष्णपक्षको चतुर्थी तिथि ।

मेष 
परिस्थितिमा सुधार देखा पर्ने छ । दृढता आउने हुँदाहुँदै पनि मनमा अस्थिरताका क्रम रहीरहने छ । भाग्य साथ कायम रहन थाल्ने छ । पेशागत जीवनमा आफू अनुकुल अवस्था आउने छ । ब्यवस्थापन, श्रम क्षेत्र, ठेक्कापट्टा, शैक्षिक क्षेत्र, सूचना प्रविधि क्षेत्रमा संलग्नहरुले लाभ पाउने छन् । 

Advertisement

वृष 
आफ्ना खुशीहरु परिवारमा समर्पित गर्न मन लाग्ने छ । पेशा ब्यवसाय सकारात्मक हुने छ । आम्दानीमा पनि सन्तोषजनक अवस्था नै हुने छ । बोलीमा भने अलि कडा शैली हुने भएकाले ध्यान दिनु होला । अध्यापन, दार्शनिक क्षेत्र, उद्योग कलकारखाना, सिमेण्ट, छड, डण्डी, हार्डवेयर जस्ता क्षेत्रमा संलग्नहरुका लागि समयले साथ दिने छ । 

मिथुन 
पेशागत जीवनमा उल्झनहरु सामना गर्नु पर्ने छ । पेशा तथा ब्यवसायमा निकै अवरोधहरुको अवस्था देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि असमझदारी आउने छ । सन्तान सुख प्राप्त हुने छैन् । ब्यवस्थापन, प्रशासन, इन्जिनियरिङ्ग, राजनीति जस्ता क्षेत्रमा सक्रियहरुका लागि त्यति नकारात्मक हुने छैन् । 

कर्कट
मनबलमा उच्च बृद्धि हुने छ । तर कडा रिसका कारण झैझगडाका क्रममा सँलग्न हुन जाने चुनौति देखिन्छ । परिवारका सदस्यहरुले साथ र समर्थत प्रदान गर्ने छन् । भाग्यको धेरै साथ नरहेकाले झण्झट र असजिलो परिस्थितिको भने केही सामना गर्दै हिड्नु पर्ने छ । निर्माण ब्यवसायी, ठेक्काट्टा, उद्योग कलकारखान, ग्यारेज, भाडाका सवारीसाधन, श्रम आपूर्ति जस्ता क्षेत्रमा क्रियाशिलहरुका लागि चुनौति देखिन्छ । 

सिंह
समय सकारात्मक छ । भाग्यले साथ दिएको छ । पेशागत जीवन र ब्यवसायमा सफलता हात लाग्ने छ । देखा परेका समस्याहरु समाधान तर्फ जाने छन् । सेना, प्रहरी, सुरक्षा फौज, सेक्युरिटि सेवा, खेल जगत, साहसिक क्षेत्र आदीमा सहभागिहरुलाई लाभ मिल्ने छ । किराना पसल, आयात निर्यात, पानी, दुध, आइसक्रिम जस्ता ब्यवसायमा रहेकाहरुलाई मध्यम लाभ मिल्ने छ । 

कन्या
भाग्य बलियो बनेको छ । आम्दानीमा बृद्धि हुने छ । लक्ष्मी र नारायणको आशिर्वाद रहेकाले पेशागत जीवन र ब्यवसायमा लाभ प्राप्त हुने छ । कर्मशिलतामा बृद्धि हुने छ । वाणिज्य, ब्यवसाय, किराना पसल, दैनिक उभोग्य सामानको कारोवार, हरियो तरकारीको ब्यापार गर्नेहरुलाई फाइदा मिल्ने छ । 

तुला 
मनमा सकारात्मक भन्दा नकारात्मक विचारले ठाउँ लिने छ । हल्का झुम्म भएको जस्तो लाग्ने छ । दाम्पत्य जीवन औसत शुभ नै देखिएता पनि अनुमान नै नगरिएका विषयमा झझगडा निम्तिने भएकाले संयमताको खाँचो छ । मनमा उदासिनता आउने छ । पानी, दुध, कोल्ड ड्रिङ्स, आइसक्रिम, आयात निर्यात, किराना पसल, दैनिक उपभोग्य वस्तुको सामान जस्ता क्षेत्रमा संलग्नहरुका लागि औसत लाभ मिल्ने छ । 

वृश्चिक
समय अलि अनुकुल नभएको जस्तो मनमा लागि रहँदा सफलताको मात्रा कमि हुने छ । पारीवारिक जीवनमा द्वन्द देखा पर्ने छ । नेतृत्व क्षमतामा कमि आउने छ । आम्दानीमा कमि आउने छ भने आम्दानी अनावश्यक ठाउँमा खर्च नगरी नहुने अवस्था आउने छ । कार्यालयमा विभिन्न समस्याहरु देखा पर्ने छ । साझेदारीमा गरिएका कामबाट केही राहत देखा पर्ने छ । 

धनु 
परिवारका मिलन र शान्तिपूर्ण अवस्था कायम रहने छ । दृढ ब्यक्तित्व हुने छ । आम्दानी तथा लिइएका लक्ष्य प्राप्तिमा बिभिन्न ब्यवधानको सामना गर्नु पर्ने छ । सर सापट दिइएका रकममा बिबाद हुने भएकाले विचार गरेर मात्र यसमा अघि बढ्नु होला । किराना पसल, दैनिक उपभोग्य सामान, तरकारी, फलफूल, पशुपालन जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ । 

मकर 
बोलीचालीमा कडापन आउने छ । जसका कारण ससानो विषयमा पनि ठाकठुक पर्ने अवस्था रहने छ । परिवारका सदस्यहरुको सहयोग भने पाइने छ । छोटो–छोटो यात्रा गर्नु पर्ने परिस्थिति सक्रिय रहेको छ । साझेदारीमा गरिएका कामहरुमा अबरोधहरु निम्तिने छ । भाग्यको साथ कम रहेको समय सक्रिय रहेकाले विचार गरेर मात्र अघि बढ्नु होला धेरै चुनौतिले भरिएका कामहरु थाल्ने समय छैन् । 

कुम्भ 
लेनदेनमा विवाद हुने छ । अन्योलता बढ्ने छ । भाग्यको साथ कम रहेकाले नतिजाहरु आउन समय लाग्ने छ । मेहनत र पराक्रम गर्ने भन्दा केही अल्छि लाग्ने स्वाभाव बन्न जाने छ । ब्यक्तित्वमा क्षय हुने छ । अनावश्यक विषयमा फस्ने वा केन्द्रित हुनु पर्ने बाध्यता आइलाग्ने छ । आम्दानीमा हुने केही सकारात्मकताले झिनो राहत दिने छ । 

मीन
भायको साथ रहेकाले कार्यसफलता मिल्ने छ । सुख सुविधा उपभोग गर्न पाइने छ । जीवनसाथिको साथसहित काम गरेर निकै उन्नति हुने छ । साझेदारीका कामहरुबाट सुखद् अवस्था आउने छ । राजनीति, प्रशासन, बैंकिङ्ग, बीमा, सूचना प्रविधि जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल बनेको छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement