नेपाल चेम्बर अफ कमर्शको ऊर्जा  समितिको सभापतिमा पन्त चयन

Advertisement

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । चेम्बरले आज गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवी एवम् सफल उद्र्जा उद्यमी पन्तलाई सभापतिमा चयन गरिएको हो ।

समितिको  उपसभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा  समितिमा ७ जना उर्जा उद्यमी व्यवसायीहरू सदस्य बनेका छन् । 

Advertisement

जसमा उर्जा उद्यमी कुवेरमणि नेपाल, आषिश थापा, विश्वप्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन जोशी र प्रज्वल श्रेष्ठ रहेका छन् । समितिले उर्जा क्षेत्रको समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्दै जाने जनाएको छ  ।

चेम्बर अध्यक्ष कमलेश अग्रवालले समितिका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामन व्यक्त गरेका थिए ।

Advertisement