मधेसमा दश हजार सदस्य बृद्धि गर्ने अभियानमा ‘रिटर्नी फेडेरेसन’

Advertisement

काठमाडौं । रिटर्नी सदस्य आगामी माघसम्म १० हजार  वृद्धि गर्ने योजना सहित रिटर्नी फेडेरेसन नेपालको मधेस प्रदेशको बिस्तारित बैठक बाराको निजगढ  सम्पन्न भएको छ । 

मधेशका ८ ओटा जिल्लाका प्रतिनिधिहरुले हरेक जिल्लाबाट १ हजार बढि सदस्यता बढाउने गरि रिटर्नीहरुलाई संगठित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठले देशको राजनीती स्थायीत्व र आर्थिक विकासको लागि अहिलेको सरकार बनेको बताएका छन । 

Advertisement

विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम विहिबार उदघाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश ईन्चार्ज समेत रहेका नेता श्रेष्ठले प्रचण्डको व्यवहारको कारणबाट अघिल्लो गठबन्धन तोडन परेको बताएका छन्  । 

मधेशमा नेकपा एमालेले केपि ओली सरकारको नेतृत्वमा सडक, सिंचाई, खानेपानी ,शिक्षा क्षेत्रमा विशेष बजेट व्यवस्था गरेर मधेश प्रदेश समृद्धि अभियान चलाएको बताए । 

सडक पूर्वाधारको लागि हुलाकी राजमार्ग , महेन्द्र राजमार्ग संगै मध्यमहाडी मदन भण्डारी राजमार्ग, तराईको सिंचाईको लागि मरिन डाईभर्सन जस्ता विकासका कामहरुको गरेको भएको बताए । विभिन्न तहको रहेका तथा विभिन्न स्थानीय निकायबाट जनसरकारको विषयमा पनि ध्यान दिनपनि श्रेष्ठले निर्देशन दिए । किसानलाई मल  खाधको समस्या , दाईजो प्रथा, छुवाछुत, महिला हिंसा जस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्न पनि आग्रह गरे । 

जनप्रतिनिधिहरुले घोषणापत्र, प्रतिवद्धतापत्र अनुसार जनताको चाहना अनुसार काम गर्ने , सबै तहको नेताहरु घरमा नभई पार्टी कार्यलयलाई व्यवस्थित गरि काम गर्ने र आफूले गरेका कामहरुलाई व्यवस्थित ढंगले प्रचार प्रसारमा पनि गर्नुपर्नेमा जोड दिए । प्रेस चौतारी लगायतका संगठन तथा कार्यकर्ताले जनतामाझ फैलाएका भ्रम चिर्नको लागि अझै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेलले अहिलेको अवस्थमा सक्रिय रिटर्नी फेडेरेशन नेपाल सक्रिय जनबर्गिय संगठन भएको भन्दै यसको श्रोत, साधन क्षमता कसरी राज्य र पार्टीका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य तथा  रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय ईन्चार्ज डा. कृष्णबहादुर केसीले विदेशमा रहेका नेपालीहरुको योग्यता , उनीहरुको सिप र ज्ञान देशको हितमा प्रयोग गर्न योजना बनाउनपर्ने बताए । 

रिटर्नी फेडेरेशन नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीले रिटर्नीहरुको समस्या पहिचान गरि उनीहरुको हक हित स्थापित गर्न पहल नेकपा एमालेले गरेको योगदानलाई भुल्न नहुने बताए ।  

कार्यक्रममा रिटर्नी फेडेरेशन नेपालका उपाध्यक्ष नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले रिटर्नीहरु नगर र वडा तहसम्म संगठित पुग्नु पर्ने बताए । 

कार्यक्रममा उपाध्यक्षहरु शालिकराम बसेल, रामकृष्ण घिमिरे, पार्टी सचिव मनोज पौडेल, रिटर्नी फेडेरेशन मधेश प्रदेश अध्यक्ष दिपककुमार श्रेष्ठ, निजगढ नगरपाकिकाका मेयर  सुरत पुरी लगायतले मन्तब्य राखेको रिटर्नी फेडेरेसन नेपालका प्रचार विभाग प्रमुख खेम कार्कीले जानकारी दिए । 

Advertisement