ग्लोबल आईएमई लघुवित्तको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

Advertisement

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा राखेको छ ।

यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयभित्र बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ । 

Advertisement

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुर कास्कीमा निवेदन दिनुपर्नेछ ।

शेयरको बिक्री मूल्य भने प्रतिकित्ता न्यूनतम ४५० रुपियाँ तोकिएको छ ।

Advertisement