आईपीओ ल्याउँदै हिमपर्वत हाइड्रोपावर

Advertisement

काठमाडौं । हिमपर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासनको प्रयोजनसहित वार्षिक साधारणसभा डाकेको छ । 

Advertisement

सभा, भदौ २३ गते, कम्पनीको रजिस्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल, लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ । 

साथै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रममिक पनि निर्धारण गर्नुका साथै सञ्चालक नियुक्तिको अनुमोदन तथा प्रबन्धपत्र नियमावली संशोधन पनि गर्नेछ । 

Advertisement