शेर्पाहरुको साहसका कारण सगरमाथा विश्वमा चिनिन मद्द्त पुगेको छः मन्त्री पाण्डे

Advertisement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्द्त पुगेको बताएका छन् । 

ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम’मा बोल्दै मन्त्री पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्द्त पुगेको बताएका हुन् । 

Advertisement

मन्त्री पान्डेले भने, ‘डोरी टाङ्नेदेखि आरोहीलाई शिखरमा पुर्याउने काम शेर्पाहरु गर्दा नै पर्वतारोहण सहज सफल भएको हो । शेर्पाहरुका कारण नै सगरमाथा विश्वमा थप चिनिएको हो ।’ 

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउपालिका भित्रका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म छन् । त्यस्तै पालिकाको सद्भावना दूतमा कुङ्गा शेर्पालाई घोषणा गरेको छ । 

undefined

Advertisement

Advertisement