ठमेल पर्यटन विकास परिषदको प्रमुख सल्लाहकारमा डा. थपलिया मनोनित

Advertisement

काठमाडौं । ठमेल पर्यटन विकास परिषदले पूर्व अध्यक्ष डा. रामशरण थपलियाको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । 

बुधबार आयोजित एक समारोहबीच परिषदको प्रमुख सल्लाहकारमा डा. थपलिया, सल्लाहकारको रुपमा परिषदकी पूर्वउपाध्यक्ष गीता गुरुङ र कमल भण्डारीलाई बधाई तथा शुभकामनासहित औपचारिक रुपमा प्रमाणपत्र प्रदान गरिएको हो ।

Advertisement

गत साउन ७ गते सम्पन्न परिषदको बैठकले विगत लामो समयदेखि पर्यटकीय नगरी ठमेल क्षेत्रको वृद्धिविकास सँगसँगै सिंगो मुलुककै पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका डा. थपलियालाई प्रमुख सल्लाहकार र पर्यटन क्षेत्रको विकासमा योगदान गर्दै आएका गुरुङ र भण्डारीलाई सल्लाहकारको रुपमा मनोनित गर्ने निर्णय गरेको थियो ।

परिषदको विधान २०४७ (पाचौं संशोधन २०७२ सहित) को दफा १६ अनुसार प्रमुख सल्लाहकार र सल्लाहकार मनोनित गरिएको परिषदका अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए ।

सोही अवसरमा गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङ्गे)लाई विशेष सम्मान गरिएको थियो । 

Advertisement