शेयर बजारमा फर्कियो उत्साह: ७८.१७ अंकको बृद्धि, आठ अर्ब माथिको कारोबार

Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार ७८.१७ अंकले बढेको छ । 

गत भदौ १७ र १८ गते नेप्से क्रमशः १२७.३२ र ६.९४ अंकले बढेको थियो । त्यसपछि ६ कारोबार दिनसम्म नेप्से लगतार घटेको थियो । तर, आज बिहीबार नेप्से परिसूचक ७८.३१ अंकले बढेको हो । 

Advertisement

बुधबार नेप्से परिसुचक १६१०.२१ विन्दुमा थियो । आज २.९९ प्रतिशतले बढेर २६८८.३८ विन्दुमा पुगेको छ । आज म्यूचल फण्ड बाहेक सबै सव इन्डसेक्समा बृद्धि देखिएको छ । 

नेप्सेकाअनुसार आज आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपियाँको शेयर कारोबार भएको छ । ३१८ कम्पनीको शेयर कारोबार हुदाँ एक करोड ९४ लाख ३३ हजार १५४ वटा शेयर खरिद बिक्री भएका छन् । कारोबार संख्या भने एक लाख तीन हजार ४६२ वटा रहेको छ । बजार बढेसँगै पूँजीकरण भने ४२ खर्ब ७४ अर्ब ९७ करोड ७५ लाख रुपियाँ पुगेको छ । 

null

आज २६८ कम्पनीको शेयर मूल्य बढेको छ । त्यसमा विन नेपाल लघुवित्त, ग्रिन भेन्चर्स लिमिटेड, उपकार लघुवित्त, इस्र्टन हाइड्रोपावर लिमिटेड र रावा इनर्जीको शेयर मूल्य १० प्रतिशतले नै बढेको छ । एसियन हाइड्रो पावरको ९.९९ प्रतिशत, सिंगटी हाइड्रोको ९.९६ प्रतिशत, इमर्जिङ नेपालको ९.९२ प्रतिशत, माया खोला हाइड्रोपावरको ९.८५ प्रतिशत, मकर जितुमाया सुती हाइड्रो पावरको ९.६८ र एचआईडीसीएलको ९.२० प्रतिशतले शेयर मूल्य बढेको छ । 

आज ३१ कम्पनीको शेयर मूल्य भने घटेको छ । थ्री स्टार हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले नै घटेको छ ।सिईडीबी हाइड्रो पावरको कारोबार सबै भन्दा धेरै देखिएको छ । उक्त कम्पनीको ४७ करोड ६५ लाख आठ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
 

Advertisement