खेलकुद र नेपाली परिकारमार्फत पर्यटन प्रवर्द्धन गरिने

Advertisement

काठमाडौं । नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटल संघ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा जारी उक्त अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५औं कंग्रेसमा होटल संघ नेपालका अध्यक्ष विनायक शाह र सो मञ्चका अध्यक्ष हे डन जुंगबाट हस्ताक्षरित उक्त समझदारीपत्रमा सो मञ्चका अध्यक्ष कोरियाली पत्रकार हे डन जुंगले नेपाली रैथाने परिकारको अन्तर्राष्ट्रिय सद्भावदूतको जिम्मेवारी वहन गरेका छन् । 

Advertisement

उक्त कंग्रेसमा भाग लिन नेपाल आएका ७० भन्दा बढी विभिन्न देशका वरिष्ठ खेलकुद पत्रकारहरुको सम्मानमा होटल संघ नेपालले आयोजना गरेको रात्रीभोजमा १० जना नेपाली माष्टर सेफहरुले तयार पारेको नेपाली रैथाने परिकार र पेय पदार्थहरुबाट स्वागत सत्कार गरिएको थियो ।

स्वागत समारोहमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारहरु र आयोजक होटल संघ नेपाला, पर्यटन सम्वद्ध संस्थाहरु, नेपाल खेलुकद पत्रकार मञ्चका पदाधिकारीहरुबीच खेलकुद लगायत पर्यटन प्रवर्द्धनका विविध विषयहरुमा भावी कार्य योजनाका बारेमा छलफल भएको थियो ।

Advertisement