नेप्से २५८० अंकमा ओर्लियोः सबै समूह राताम्मे, सवा ७ अर्बमा खुम्चियो कारोबार

Advertisement

काठमाडौं । निरन्तर घटिरहेको शेयर बजारमा आज पनि गिरावट आएको छ । उच्च अंकले बजार घटेसँगै नेप्से २६ सय अंकबाट तल झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५७.०३ अंकले घटेको छ । २.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५८०.७६ अंकमा ओर्लिएको छ । 

Advertisement

बजारमा गिरावट आएसँगै सबै समूह राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा बढी ५.६६ प्रतिशतले घटेको छ । 

undefined

 

आज ३१२ कम्पनीका १ करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३.७४ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्त, हिमालयन हाइड्रो र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.९२ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै गुडविल फाइनान्स र थ्रीस्टार हाइड्रो र नेपाल फाइनान्सका लगानीकर्ताहरुले क्रमशः ९.९१, ९.३६ र ८.४२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३१ करोड ११ लाख ४९ हजार ७ सय ३६.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन हिजो आइतबार ५०.७३ अंकले बजार घट्दा ० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७.४५ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement