सुपर ओभरमा नेपालले अमेरिकालाई हरायो

Advertisement

काठमाडौं । अमेरिकामा जारी टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले सुपर ओभरमा अमेरिकालाई पराजित गरेको छ ।

निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि सुपरओभरमा पुगेको खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो ।

Advertisement

यससँगै नेपालले सिरिजका तीन खेलमध्ये दुई खेलमा विजय हासिल गरेको छ ।

टस जितेर ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १७० रन जोडेको थियो । १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाई १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

Advertisement

Advertisement