एकसय दिनमा परिणाम नसकिने रैछः शहरी विकासमन्त्री सिंह

Advertisement

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन् ।  

आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै उनले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताएका हुन् । सिंहले भने, ‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि सय दिनमा मन्त्रालयले खास गरी लक्ष्य अनुसार धेरै कामहरु गरिसकेको  छ । तर आउना साथ जादुको छडी कसैसँग  छैन । सहर बनाउने कुरा सय दिनमा बन्दैन । जे जे समस्याहरु छन् ती चाहिँ सम्बोधन गर्नको  लागि समय लाग्ने गर्छ ।’

Advertisement

तर पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु आफूले गरिसकेका उनले दावी गरे पनि कुनै उल्लेखनीय काम गरेर जादु नै गरे भन्ने अवस्था चाहिँ नरहेको बताए । सिंहले शहरहरु व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए ।  उनले शहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे ।

उनले जे काम गरे पनि खुला रुपमा गर्न चाहेको बताए । सिंहले मिडियामा समाचारहरु नराम्रो कामको  मात्र आउने  तर राम्रो  काम गरेको समाचार  नआउँदा दुःख लाग्ने गरेको  बताए । 

Advertisement

Advertisement