अदालतले भन्दैमा हुँदैन, मैले तोकेकै वडाध्यक्ष कावा मेयर होः हर्क साम्पाङ

Advertisement

काठमाडौं । नाताले मामा ससुरा पर्ने वडाध्यक्षलाई कार्यवाहक मेयर बनाएर परिवारसहित बेलायत पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतले आफ्नो निर्णय रोकेकोमा आपत्ति जनाएका छन् । 

फेसबुकमा स्टाटस र भिडिओमार्फत उनले उच्च अदालत विराटनगरले कार्यबाहाक दिने आफ्नो निर्णय कार्यान्वयन नगर्न आदेश दिएकोमा आपत्ति जनाएका हुन् । आफूलाई अदालतले नभई जनताले मेयर बनाएको भन्दै साम्पाङले कसलाई कार्यवाहाक दिने वा नदिने ? सबै अधिकार आफूमा हुने दावी गरेका छन् । 

Advertisement

उनले रडाको नमच्चाउन पनि सम्वन्धित सबैलाई चेतावनी दिएका छन् । अदालतले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कावा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ । आफूले मताधिकारका आधारमा वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको साम्पाङको तर्क छ । 

उनको भनाइ छ, ‘मैले जसलाई अधिकार दिएको छु उही कार्यवाहाक हो । केही हल्ला नगर । मलाई कुनै अदालतले चुनेको होइन ! लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो ! म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनुभएको हो ! मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु ! मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक ! केही हल्ला नगर !’

साम्पाङ थप्छन्, ‘मुख छाड्नु नपरोस् ! धरानको विकासको लागि म दुई दिन यूके आउँदा बद्नाम गर्दै नबस है ।’ अदालतले अन्तरिम आदेश दिए पनि आफूले कार्यवाहक तोकेको व्यक्ति धरानको कार्यवाहक मेयर भएको दाबी गरेका छन् ।

Advertisement

Advertisement