बागमती, मधेश र कर्णालीमा बिहानैदेखि वर्षा, यस्ताे रहनेछ आज देशभरको मौसम

Advertisement

काठमाडौं  ।अहिले मधेश, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ​आज ​दिउँसो कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

Advertisement

कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

राति भने पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement

Advertisement