एजेन्सीः स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा बार्सिलोनाले सेभियालाई पराजित गरेको छ । बार्सिलोनाले खेलमा सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाका फ्रान्सिस्को ले पहिलो हाफको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अगाडी बढाए । दोस्रो हाफको ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर पारे । गुइडो पिजार्रोले ५९ औं मिनेटमा गोल गर्दै सेभियालाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
लिगको अर्को खेलमा एटलेटिको म्याड्रिडले डेपोर्टिभो ला कोरुनाविरुद्द १-० गोलको जित हात पार्यो । उसका लागि थोमास पार्टेले ९० औं मिनेटमा गोल गरेका थिए । जितसँगै एटलेटिकोले ११ खेलबाट २३ अंक रहेको छ । अलाभेसले एस्पन्योललाई १-० ले पराजित गर्यो ।
प्रप्त जितसँगै बार्सिलोना ११ खेलबाट ३१ अंकका साथ शीर्ष स्थानमा रहेको छ । साथै सेभिया भने सम्मान खेलबाट १९ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।