आउँदो फागुन १८ मा पोखरामा आरडब्लु संग्राम, चार देशका रेस्लरहरु भिड्ने

Advertisement

काठमाडौंः डिसहोम मिडिया नेटवर्कसँगको सहकार्यमा यही आउँदो फागुन १८ गते पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित आरडब्लु (रिङ रेस्लिङ) संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गरिने भएको छ ।

डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संमयोजकत्वमा हुने यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिसहोम एक्सन स्पोर्टस टिभीले गर्ने जनाइएको छ । नेपाली दर्शकहरुले डिसहोम एक्सन स्पोर्टस टिभीमार्फत अन्तर्राष्ट्रियस्तरको रेस्लिङको मजा नेपालमै लिन सक्ने डिसहोमले जनाएको छ ।

पोखराको दशरथ रगंशाला परिसरमा होलीको अवसरमा आयोजना हुने आरडब्लु संग्राममा ४ देशका खेलाडीहरुको सहभागिता रहनेछ । नेपालको तर्फबाट नुवाकोटे टाइगर, ठाकु, डेभिड, साइन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्ने छन् भने अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आरडी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई मनोरञ्जन दिने छन् ।

प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छन् । त्यसैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले सञ्चालन गर्ने छन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्घ ¥यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ भने उदघोषण कविता गेलाल शर्माले गर्नेछिन ।

आरडब्लु संग्राम पोखरापछि नेपालका विभिन्न शहरहरुमा लैजाने योजना रहेको समेत आयोजकले जनाएको छ । नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिहरु अगाडी बढाउँदै आएको भन्दै नेपाल रिङ रेस्लिङ संघले नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण यसको विकास र विस्तार गर्ने उदेश्यले नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापाको नेतृत्वमा संघ स्थापना भएदेखि नै नेपालमा रिङ रेस्लिङ खेलको विकास र विस्तार दु्रत गतिमा अगाडि बढिरहेको जनाएको छ ।

संघले काठमाडौंमा २०७३ बैशाख ४ गते पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसैगरि, पर्यटकीय नगरी पोखरामा २०७३ फागुन १८—२१ मा नेपाल भारत मैत्रिपुर्ण प्रतियोगिता र २०७४ कात्र्तिक २५ गते दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप काठमाडौ र इटहरीमा आयोजना गरिएको थियो ।

संघले निरन्तररुपमा तालिमको व्यवस्थापन गर्न रिङ रेस्लिङ एकेडेमीकोे स्थापना भएको समेत जानकारी गराउँदै हाल एकेडेमीमा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर (कमल तामाङ)ले नियमति रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेको जनाएको छ । खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अभ्यास दिनका लागि हाल अमेरिकन प्रशिक्षक जिजस मालकीबाट तालिम दिने व्यवस्था मिलाएको समेत संघको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement