विश्वकप क्रिकेट छनोट: नेपाल जिम्बावेसँग ११६ रनले पराजित

Advertisement

काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल जिम्बावेसंग ११६ रनको बिशाल अन्तरले पराजित भएको छ ।

जिम्बावेले पेश गरेको बिशाल ३८१ रनको लक्ष पछ्याउने क्रममा नेपालका लागि सर्वाधिक शरद भेसावाकरले ५२, आरिफ सेखले ५० र कप्तान पारस खड्काले ४० रनको योगदान गरे । त्यस्तै, ओपनर ज्ञानेन्द्र मल्लले र आरके पौडेलले ३०/३० रनको समान योगदान दिए ।

नेपाल ५० ओभरमा ८ विकेट गुमाउंदै २६४ रनमै सीमित भयो ।

नेपालको आजको खेलमा बलिङ्ग चम्कन नसक्दा नेपालले ठुलो रनको चुनौती सामना गर्नु परेको हो । त्यस्तै, नेपालका पहिलो क्रममा आएका मल्ल र दिलिपनाथको प्रदर्शन टिकाउ हुन नसक्दा पनि खेल नेपालको पक्षमा आउन नसकेको हो । कप्तान पारस खड्का, शरद भेसावाकर र आरिफ शेख मध्यक्रममा आएर राम्रो पारी सम्हाल्न खोजेपनि उनीहरुको योगदान त्यति प्रशंसनीय रहन नसक्नुले पनि आजको खेल नेपालले गुमाउन पुगेको हो ।

आयोजक टोली जिम्बावेले ३८१ रनको लक्ष्य दिएको छ । जिम्बावेले निर्धारित ५० ओभरको खेलमा छ विकेट गुमाउँदै ३८० रन बनाएको थियो ।

टस जितेर सुरुवाती ब्याटिङ गरेको जिम्बावेका ब्याट्सम्यानले नेपाली बलरहरुलाई आच्छुआच्छु पारेपछि ठुलो लक्ष्य नेपालले पाएको हो । यो लक्ष्य अहिलेसम्म विश्वकप छनोटाम कुनै पनि टोलीले पाएको लक्ष्यभन्दा धेरै हो । घरेलु टोलीका लागि सिकन्दर राजाले ६६ बलमा १२३ रन बनाए भने ब्रेन्डन टेलरले १०० रन बनाए । नेपालका लागि सोमपाल कामीले र बसन्त रेग्मीले समान २ विकेट तथा सन्दिप लामिछाने र ललित राजवंशीले समान एक विकेट लिए ।

Advertisement

Advertisement

Advertisement