काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय (ओडीआई) मा स्थान बनाएको नेपाल सोमबार नेपाल फर्किने भएको छ । जिम्बावेमा भएको खेलमा आठौं स्थानमा रहँदै नेपालल पहिलो पटक ओडीआईको मान्यता पाएको हो ।
व्यवस्थापक रमन सिवाकोटीले नेपाली टोली साझँ छ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताए । छनोटमा बिहीवार पपुवा न्यूगिनिलाई छ विकेटले पराजित गर्दै नेपालले ओडीआईको मान्यता पाएको हो ।
प्रतियोगितामा नेपालले छ खेल खेल्दै दुईमा जित निकालेको थियो । सुपर सिक्सको लक्ष्य बनाएर गएको नेपाल ओडीआईमा स्थान बनाउन सफल भएको छ । नेपालले प्रतियोगितामा हङकङ र पपुवा न्यूगिनिलाई पराजित गरेको थियो ।