काठमाडौंः धनगढीमा आयोजना हुने सार्वधिक नगद पुरस्कार राशीको प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता टीम चौराहाले काठमाडौं गोल्डेन्स्को सामना गर्न लागेको हो ।
धनगढी क्रिकेट एकेडेमी (आयोजक)ले बुधवार सार्वजनिक गरेको खेल तालिका अनुसार खेल यही चैत १७ गते दिउँसो १ बजे एसएसपी कार्यलयको क्रिकेट मैदानमा सुरु हुनेछ ।
लिगचरणमा पहिलो र दोस्रो हुने टोलीले चैत २७ गते क्वालिफायर खेल्ने बताइएको छ । खेल जित्ने टोली फाइनलमा जान्छ भने पराजित भएको टोलीले २८ गते अर्को क्वालिफायर खेल्ने जनाइएको छ ।
२७ गते नै लिगचरणको तेस्रो स्थानमा र चौथो स्थानमा रहनको लागि र क्वालिफायरमा जानलाई प्रतिस्पर्धा गर्नेछन् । क्वालिफायरको विजेता टोली पहिलो क्वालिफायरमा पराजित भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
[caption id="attachment_67401" align="alignleft" width="403"]
हेर्नुहोस डीपीएलको खेल तालिकाः[/caption]
प्रतियोगिताको फाइनल खेल चैत ३० गते हुनेछ । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउँनेछन् । साथै, तेस्रो र चौथो हुने टोलीले क्रमशः तीन लाख र दुई लाख दिइने आयोजकले जनाएको छ ।प्रतियोगितामा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले १० हजार रुपियाँ र म्यान अफ द सिरिजले टीभिएसको मोटरसाइकल पाउने छन् ।