स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’

Advertisement

सुर्खेतः विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिइएकोे छ । सो गाउँपालिकाको लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’ निर्माणका लागि डिपिआर तयार गरिएको हो ।

तयार गरिएको डिपिआर राष्ट्रिय खेलकूद परिषद् र युवा तथा खेलकूद मन्त्रालयमा पेश गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।

उनले विस्तृत अध्ययन प्रतिवेदनअनुसार लौठचौरमा कर्णाली ‘हाई अल्टिच्यूड टे«निङ सेन्टर’ निर्माण गर्न १७ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ बताए । आवश्यक बजेट विनियोजनका लागि राष्ट्रिय खेलकूद परिषद् र मन्त्रालय दुवैमा पहल भइरहेको छ ।

यतिबेला कभर्डहलको बाँकी कामका लागि युवा तथा खेलकूद मन्त्रालयलबाट रु २५ लाख विनियोजन भइसकेको छ । उनका अनुसार निर्माण गरिने टे«निङ सेन्टर आवासगृह, अस्पताललगायतको सेवा र सुविधायुक्त हुनेछ ।

पचपन्न हजार वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने उक्त टे«निङ सेन्टर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको गन्तव्यस्थल बन्ने चर्चा गर्दै जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपाने बताउछन् । संरचना निर्माणपछि प्रशिक्षणमात्र हुने छैन उच्च हिमाली भेकको अवलोकन, विशुद्ध हावापानी, अर्गानिक खानासहित विशेष आतिथ्यता पनि प्राप्त हुनेछ । ”

म्याराथुन धावक हरिबहादुर रोकायाले अल्टिच्यूडमा टे«निङ गरेको खेलाडीले राष्ट्रियस्तरमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै उत्कृष्टता हासिल गरेका छन्, जुन स्थानमा नेपालको कर्णाली र त्यसमा जुम्ला पुग्न सफल भएको छ ।, कर्णालीलाई खेलकूँद भूमिमा परिचित गराउन र नेपालकै नाम विश्वमा राख्न यो महत्वाकांक्षी गौरवको आयोजना अघि बढाइएको हो ।

लौठचौरसँग जोडिएको विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने ठाउँ छुमचौर ज्यूला, सर्वाधिक महँगो जडीबुटी यार्सागुम्बा, पातारासी हिमालको भ्यू, तिलानदीको आकर्षणले पनि यो ट्रेनिङ सेन्टर देशी तथा विदेशी खेलाडीको प्रमुख गन्तव्य बन्नेछ । उक्त टे«निङ सेन्टर’, निर्माणबाट यहाँको खेल पर्यटन प्रवद्र्धन हुने र स्पोर्ट सिटीरूपमा विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement