काठमाडौंः दोस्रो संस्करणको इलाइट क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाह सिंगापुर जाँदैछन् ।
यही वैशाख १८ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टोलीबाट सहभागिता जनाउनेछन् । उनको सम्पूर्ण खर्च सिंगापुर क्रिकेट एशोसिएशनले व्यहोर्ने क्रिकेट प्लेयर्स एशोसिएशन नेपाल (सिप्यान)ले जनाएको छ । सिप्यानले सिंगापुर क्रिकेट एशोसिएशन सँगको सहकार्यमा अनिललाई खेल्ने व्यवस्था मिलाएको हो ।
प्रतियोगितामा क्रिमसन टोलीसँगै क्रेससेन्ट र स्टार्स गरी तीन टोलीको सहभागिता रहनेछ । डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछ ।
एपिएफ क्लबमा आबद्व अनिल आज राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् ।