इलामः थ्री स्टार क्लबले इलाममा सम्पन्न भएको चौथो माइ्रभ्याली गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ । सोमबार मनाङ मस्र्याङदीलाई १-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि उचालेको हो ।
इलामको ठुलो टुँडिखेलमाा भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दीविरुद्ध भएको खेलमा निर्धारित समयमा गोल हुन सकेको थिएन् । थपिएको अनिरिक्त समयमा थ्री स्टारका सुनिल बलले गोल गर्दै क्लबलाई बर्षको पहिलो उपाधि दिलाएका हुन् ।
उपाधिसँगै थ्री स्टारले छ लाख ६६ हजार रुपियाँ पाएको छ भने उपविजेता मनाङले चार लाख रुपियाँ पाएको छ ।