काठमाडौंः राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा साविक विजेता दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–१ ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो खेल एपिएफले २५–१८ ले आफ्नो पक्षमा पारे पनि दोस्रामा पुनरागमन गर्दै न्यू डायमण्डले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका दुई खेलमा एपिएफ २५–१० र २५–२३ ले जितेर लगातार चौथो पटक फाइनलमा पुग्न सफल भयो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी उक्त प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा पुलिसले पश्चिमाञ्चल भलिबल संघलाई ३–० ले लगातार जिती पराजित ग¥यो । पश्चिमाञ्चलविरुद्ध सहज जीत हासिल गर्ने क्रममा पुलिसले २५–१९, २५–१५ र २५–२२ को नतिजा निकालेको थियो । मंगलबार हुने फाइनल भिडन्तमा उपाधि विजेताले एक लाख ५० हजार रुपियाँ, उपविजेताले एक लाख रुपियाँ र तेस्रो हुनेले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।