काठमाडौंः फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पीएसजी)ले लगातार चौथो पटक फ्रेन्च कपको उपाधि उचालेको छ । पीएसजीले गए राति भएको खेलमा लेस हर्बियर्सलाई २० ले पराजित गर्दै उपाधि उचालेको हो । पीएसजीले लिग वानको पनि उपाधि जिति सकेको छ ।
खेलमा पीएसजीलाई सुरुवाती अग्रता जिओवानी ले २६औं मिनेटमा गोल गर्दै दिलाए । उनले २५ यार्ड टाढाबाट बल प्रहार गरेका थिए । दास्रो हाफको ७४औं मिनेटमा एडीसन काभानीले पेनाल्टीको माध्यमबाट गोल गर्दै पीएजीलाई २० को जित दिलाए ।
चोटसँग संघर्ष गरिहेका नेइमार भने उपाधि उचाल्ने बेलमा पीएजीको जर्सी लगायर मैदानमा उपस्थित भएका थिए । लेसका कप्तानले पनि उपाधिको ट्रफी पीएसजीको साथमा रहेर उचालेका थिए ।
लेस फ्रान्सको तेस्रो डिभिजनको क्लब हो । खेल हेर्न मैदानमा करिब ७३ हजार दर्शक उपस्थित भएका थिए । पीएसजीले फ्रेन्च कपको उपाधि सन् २०१४ यता लगातार जित्दै आएको छ ।