एजेन्सीः ब्राजिलका महान फुटबल खेलाडी पेले रुस विश्वकप २०१८ को उद्घाटनका लागि रसिया पुगेका छन् । स्वास्थ्यका खराबीका कारण रुस नजाने भनिएका पेले रसिया पुगेपछि उनलाई राष्ट्रपति भ्लादमिर पुटिनले स्वागत गरेका हुन् ।
७८ वर्षीया पेले रसिया विश्वकपमा विषेश अतिथिका रुपमा रसिया पुगेका हुन् । पेलेले ब्राजिललाई तीन विश्वकपको ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले ट्रफि उचाल्दा पेले ब्राजिलको टिमका मुख्य खेलाडी थिए ।
ह्विलचेयरमा रसिया पुगेका पेलेलाई अर्जेन्टिनाबाट मुख्य अतिथिका रुपमा रसिया आएका डिएगो म्याराडोनाले सम्मानका साथ अंकमाल गर्दै चुमेका थिए ।