पोल्याण्डको आत्मघाती गोलको फाइदा सेनेगललाई

Advertisement

एजेन्सीः विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले पोल्याण्डलाई २१ ले हराउँदै विजयी सुरुवात गरेको छ । पोल्याण्डको आत्मघाती गोलको फाइदा उठाउँदै सेनेगलले ३ अंक बटुल्न सफल भएको हो ।

समूह ‘एच’ को खेलमा अफ्रिकी मुलुक सेनेगलले युरोपेली टोली पोल्यान्डलाई पछि पारेको हो । दुवै टिम निकै आक्रमक देखिएका थिए भने सेनेगलका खेलाडीहरुले फल खेलेपछि रेफ्रीले पटक पटक रेर्डकार्ड र चेतावनी दिनुपरेको थियो ।

मस्को स्पार्कटक स्टेडियमममा भएको खेलको पहिलो हाफको ३७ औं मिनेटमा सेनेगलका खेलाडी इद्रिसा गुइले प्रहार गरेको बद पोल्यान्डका थिएगो सियोनेकको खुट्टामा लागेर गोल भएको थियो ।

दोस्रो हाफको ६०औं मिनेटमा सेनेगलले दोस्रो गर्न सफल भएको थियो । पोल्याण्डका खेलाडीहरुको समन्वय नहुँदा सेनेगलका खेलाडीले फाइदा उठाउँदै दोस्रो गोल गर्न सफल भएका थिए ।

दोस्रो गोल गरेपछि रक्षात्मक खेलेको सेनेगलविरुद्ध गोल गर्न पोल्याण्डलाई निकै कठिन भएको थियो । यद्यपि उसले सेनेगललाई निकै दबाबमा राख्ने प्रयास गरेको थियो । जर्मन क्लब बायर्न म्युनिखका लागि खेल्दै आएका पोल्यान्ड चर्चित खेलाडी रोबर्ट लेवान्डोवस्कीलाई सेनेगलका खेलाडीहरुले घेराबन्दीमा राख्ने प्रयास गरेकाले उनले क्षमता देखाउने मौका पाएनन् ।

यद्यपि खेलको ८५ औं मिनेटमा पोल्यान्डले फ्रिकिकलाई सदुपयोग गर्दै एक गोल गर्न सफल भए पनि बराबरी गर्न भने सकेन । पोल्याण्डका पियोटर जिलिन्स्कीले प्रहार गरेको फ्रिकिकलाई ग्रिजेगोर्ज क्रिचोविकले हेड गर्दै गोल गर्न सफल भएका थिए।

सन् २००२ मा फ्रान्सलाई हराएर क्वाटरफाइनलसम्मको यात्रा गरेको सेनेगलको विश्वकप फुटबलमा दोस्रो सहभागिता हो ।

Advertisement

Advertisement

Advertisement